• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नासाले अन्तरिक्ष यात्रीको दशकौँ पुरानो मल–मुत्र फिर्ता ल्याउने

तस्विरः चन्द्रमाको सतहमा छोडिएको फोहोरको झोला

न्यूयोर्क । करिब ५० वर्ष पहिले चन्द्रमामा पहिलो पटक मान्छेले पाइला टेक्दा, त्यहाँबाट निक्कै महत्वपूर्ण वैज्ञानिक जानकारी, त्यहाँको पत्थर र माटो ल्याइएको थियो । 

तर, त्यहाँ पुग्ने मानिसले धेरै कुरा त्यहाँ छोडेर आएका थिए । जसमा, निल आम्र्सट्रोन्गको फुट प्रिन्ट, एक अमेरिकी झण्डा र मानवीय फोहोरमैलाको करिब ९६ झोला । अब वैज्ञानिक चन्द्रमामा फिर्ता पुगेर दर्शकौँ पुरानो मानवीय फोहोर–मैलालाई फिर्ता ल्याउन चाहान्छन्, ताकि त्यहाँ मानवीय खोजलाई अझ बढी बढाउन सकियोस् । 

कुल १२ अन्तरिक्ष यात्री चन्द्रमाको सतहमा पुगेका थिए र उनीहरुले ९६ फोहोरका झोला त्यहाँ छोडेर आएका थिए, जसमा उनीहरुका मल–मुत्र र अन्य फोहोर । यद्यपि, अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षमा केही दिन मात्रै बिताए । 

नासकाले उनीहरुलाई अन्तरिक्षमा फोहोरमैला छोड्न नपर्ने तरिकाले पठाएका थिए ।  यसका लागि नासाले आफ्ना अन्तरिक्ष यात्रीहरुका लागि विशेष प्रकारको कपडा बनाएका थिए, जसमा डाइपर पनि थियो । 

यसकारण चन्द्रमामा छोडियो फोहोर 

तर, अन्तरिक्ष यात्रीहरुले बाध्य भएर चन्द्रमाको सतहमा फोहोरमैला छोड्नु परेको थियो । खासमा, यी मिसनलाई यसरी डिजाइन गरिएको थियो, कि अन्तरिक्षयानमा निश्चित तौल मात्रै हुनुपर्छ । 

थोरै मात्रै तौल बढी भएमा अन्तरिक्षयान र अन्तरिक्ष यात्रीको जीवनलाई खतरा हुनसक्थ्यो । त्यसैले, उनीहरुले चन्द्रमाको माटो र पत्थर आफूसँगै ल्याउनका लागि फोहोरमैला त्यही छोडेर आए । 

सत्तामा आएपछि ट्रम्प प्रशासनले नासाको चन्द्रमामा जाने कार्यक्रम छिटो ल्याउने घोषणा गर्यो र वर्ष २०१४ मा फेरी चन्द्रमाको सतहमा जाने मिति तय गरिएको छ । त्यहाँ छोडिएको झोलालाई ल्याउनुको पछाडि नासाको विशेष उद्देश्य छ । 

आवश्यक तथ्य 

– चन्द्रमाको तापक्रम १७० डिग्री सेल्सियसदेखि १५६ डिग्री सेल्सियससम्म हुनसक्छ । 
– मानवको ५० प्रतिशत मल–मुत्र ब्याक्टेरियाले बनेको हुन्छ । 
– १००भन्दा बढी रोगाणुको प्रजातिहरु तपाईको पेटमा हुन्छन् । 
– वैज्ञानिक यस फोहोरमाथि अध्ययन गरेर त्यसमा रहेका ब्याक्टेरियाको रिसर्च गर्न चाहान्छन् । 

यसकारण यो मिशन महत्वपूर्ण

– यी फोहोरमैलाको अध्ययनबाट चन्द्रमामा मानव जीवनको सम्भावना कति छ भन्ने जानकारी पाउन सकिन्छ । 

– मानव मुलमुत्रमा अझै पनि ब्याक्टेरिया छन् त ? वा त फेरी सक्रिय हुन सक्छन् ? वैज्ञानिक जान्न चाहान्छन्, किनकि उनीहरुलाई ओसिलोपन र स्थायी तापमानको आवश्यकता पर्छ । यति ती झोलाहरु सख्त भइसकेका छन् भने त्यसमा अहिले पनि ब्याक्टेरिया हुनसक्ने सम्भावना छ । 

– यदि सबै ब्याक्टेरिया मरिसकेका छन् भने पनि त्यसको अध्ययन निक्कै महत्वपूर्ण हुनसक्छ । वैज्ञानिकले ब्याक्टिरेया कति समयसम्म जिउँदै थिए जान्न सक्छन् । यी फोहोरको विश्लेषण गर्नाले पृथ्वीमा जीवको उत्पत्तिका बारेमा थुप्रै जानकारी मिल्न सक्छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर