• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आईसीसी यू १९ : नेपाललाई जितका लागि मलेसियाले दियो ९३ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू १९ विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा मलेसियाले नेपाललाई  जितका लागि ९३ रनको लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो । नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए ।

यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । नेपालका पवन सर्राफ र कुशल मल्लले ३÷३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे । सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।

मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ । छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर