• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कैलालीमा गोली प्रहार

धनगढी ।  कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार भएको छ । खेतमा गहुँ काटिरहेको अवस्थामा स्थानीय राजाराम चौधरीमाथि गोली प्रहार भएको हो । उद्यपि, उनलाई गोली नलागेको श्रोतले जनाएको छ ।

उनीमाथि कसले गोली प्रहार गरेको हो भन्ने खुलेको छैन । कैलाली प्रहरीले पनि यसबारे अनभिज्ञता जनाएको छ ।

यसबारे कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले पनि घटनाबारे बुझ्न आफू त्यसतर्फ गइरहेको जानकारी दिए । घटना भएको क्षेत्र कैलारीको वडा नम्बर खरुवाखेरा धनगढीबाट झण्डै २० किलोमिटरको दुरीमा पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर