• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आठौं राष्ट्रिय खेलकुद : १० स्वर्णको टुङ्गो लाग्दै

बाँके । आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज १८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुदैछ । 

 प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न स्पर्धामा स्वर्ण पदकको समेत टुङ्गो लाग्दैछ । दाङको बेलझुण्डिमा हुने एथ्लेटिक्सतफै आजै १० स्वर्णको टुङ्गो लाग्दैछ ।

तालिका अनुसार एथ्लेटिक्सतर्फ पुरुषको ११० मिटर हडल्स फाईनल, महिलाको १०० मिटर फाईनल, महिला पुरुषको ४ सय मिटर फाईनल, महिला पुरुषको ५ हजार मिटर फाईनल, महिला पुरुषको ट्रिपल जम्प फाईनल र महिला पुरुषको ४ बाई ४ सय मिटर फाईनलका खेल हुनेछन् ।

यस्तै बुटवल र नेपालगञ्ज तथा कपिलवस्तु र दाङमा भईरहेको फुटबलको समेत समुह चरणको अन्तिम खेलहरु आज हुदैछन् । बुटवलमा हुने पुरुष फुटबलमा बिहान प्रदेश ७ र आर्मी तथा साँझ पुलिस र प्रदेश ६ भिड्नेछन् ।

नेपालगञ्जमा हुने खेलमा भने बिहान प्रदेश ४ र प्रदेश १ तथा साँझ प्रदेश ३ र प्रदेश ५ भिड्नेछन् । महिला फुटबलमा आज समुह चरणका अन्तिम खेल हुनेछन् । कपिलवस्तुमा बिहान हुने महिला फुटबलमा प्रदेश ४ र प्रदेश १ तथा साँझ हुने खेलमा आर्मी र प्रदेश ६ खेल्नेछन् ।

दाङमा हुने खेलमा भने विहान पुलिस क्लब र प्रदेश २ तथा दिउँसो प्रदेश ५ र समुह ७ खेल्नेछन् । तेक्वान्दोका खेलहरु भैरहवाको ब्याडमिन्टन कभर्डहलमा चल्दा दाङको तुलसीपुरस्थित कराँतेहलमा कराँतेका खेलहरु हुनेछन् ।

नेपालगञ्जको नगरभवनमा भारोत्तोलन, खजुराको भलिबल एकेडेमीमा महिला पुरुषका भलिबल तथा नेपालगञ्जको कभर्डहलमा ब्याडमिन्टनका खेल हुनेछन् । नेपालगञ्ज रंगशालामा पुरुष ह्याण्डबल र महेन्द्र क्याम्पसमा आईटीएफ तेक्वान्दोका खेलले निरन्तरता पाउनेछन् ।

नेपालगञ्जको सुटिङरेन्जमा सुटिङ, जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछ । त्यस्तै, बुटवलमा सफ्ट टेनिस, दाङ र कोहलपुरमा क्रिकेट तथा नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा आर्चरीका खेल हुनेछन् ।

बर्दियामा सेपाकटाक्रो र खोखो तथा पोखरामा प्याराग्लाईडिङका खेलले निरन्तर रहदाँ नेपालगञ्जमा पौडीका खेलहरु आज सूरु हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर