• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

श्रीलंकामा श्रृंखलावद्ध बम विष्फोट कम्तीमा २५ जनाको मृत्यु 

एजेन्सी । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा बढी घाइते भएका छन् । 

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो । कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले बताएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो । कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । 

सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । श्रृखलाबद्ध बम विष्फोटपछि शहरको शान्ति सुरक्षा कडा बनाइएको छ । घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । आक्रमणको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर