• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आन्दोलनरत राप्रपालाई वार्ताका लागि सरकारले पत्र पठायो, वार्ता बैशाख १० गते

फाइल फोटो

काठमाडौं । बिभिन्न माग राख्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले वार्ताका लागी औपचारिक पत्र पठाएको छ । आइतबार कानुनमन्त्री भानुभक्त ढकालले राप्रपालाई वार्तामा सहभागी हुन लिखित पत्र पठाएका हुन् ।

हिन्दु राष्ट्र पुनर्स्थापना लगायत विभिन्न २२ बुँदे माग अघि सार्दै राप्रपाले आनदोलन गर्दे आएको छ । पत्रमा वैशाख १० गते सिंहदरवारमा वार्ताका लागि निमन्त्रणा गरिएको राप्रपाले जनाएको छ । 

राप्रपाले सरकारीपत्रबारे आधिकारिक धारणा तयार पार्न सोमबार आन्तरिक बैठक बोलाएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बस्ने बैठकले वार्तासम्बन्धी आवश्यक निर्णय गर्ने बताइएको छ ।

२२ बुँदे मागसहित आन्दोलनमा उत्रिएको राप्रपाले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा समिति गठन गरेलगत्तै सरकारले वार्ताका लागि बोलाएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर