• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रचण्ड र सीताबीच दोस्रोपटक भयो विवाह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ पुनः वैवाहिक जिवनमा बाँधिएका छन् । विवाह भएको ५० औं वर्षको अवसरमा आज प्रचण्ड र सिताले पुनः विवाह गरेका हुन् । 

उनीहरुले ०२७ साल वैशाख २६ गते विवाह गरेका थिए । पत्नि सिता पुत्र प्रकाश दाहालको निधनपछि विभिन्न रोगबाट ग्रसित छिन् । उनको स्वास्थ्यवस्था बिग्रंदै गएको छ । 

विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर