• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

पहिलो जावलाखेल राष्ट्रिय तेक्वान्दो प्रतियोगिता जेष्ठ ३ गतेदेखि

ललितपुर । न्यु जावलाखेल तेक्वान्दो डोजाङको आयोजनामा जेष्ठ ३ गतेदेखि ललितपुरमा पहिलो जावलाखेल राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७६ आयोजना हुने भएको छ ।

प्रतियोगीता जेष्ठ ५ गतेसम्म चल्नेछ । ललितपुर (पाटन) भ्रमण जाऔं, आन्तरिक तथा बाह्य पर्यटक बढाऔ भन्ने मुल नाराका साथ हुन लागेको सो प्रतियोगिता ललितपुरको धोबिघाट स्थित धोबिघाट फुटसलमा हुने छ।

देशै भरिका करिब ६ सय खेलाडीले सहभागिता जनाउने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्टले गर्ने संयोजक ज्ञान बहादुर परियारले जानकारी दिए । त्यस्तै प्रतियोगिताको समापन युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले गर्ने तय भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार,दोश्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पाउने छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर