• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 07:31 am

प्रधानमन्त्री ओली एक सातापछि स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ उनी स्वदेश फर्किएका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको  थियो ।। उहाँका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल,  गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ  र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रियसभा बैठकमा नेपाल सरकारको बार्षिक प्रतिवेदन पेश हुँदै

  • २० जेठ, २०७७

काठमाडौं । संघीय संसद अन्र्तगतको राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी

बाँकेको दुर्घटनामा ज्यान गुमाउनेको सनाखत [नामावलीसहित]

  • १९ जेठ, २०७७

काठमाडौं । बाँकेको ठुहरिया जंगलमा भएको दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।  मध्यरातमा भएको माइक्रो दुर्घटनामा परेर १२ जनाको मृत्यु

वैकल्पिक प्रणालीबाट पठनपाठन सुरु गराउन सरकारद्वारा निर्देशिका जारी [निर्देशिकासहित]

  • १९ जेठ, २०७७

काठमाडौं । सरकारले वैकल्पिक प्रणालीबाट पढाउनका लागि निर्देशिका जारी गरेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सोमबार साँझ लकडाउनमा घरमै