• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:38 am

सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

डडेल्धुरा । भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो ।

भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । 

“अब छात्राले प्याड बोकिरहुनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ”, उनले भने । एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ ।  

“अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने  मेसिन राख्ने योजना छ”, अध्यक्ष भट्टले भनिन् । मेसिन राखे महिनावारीका कारण छात्रा तीन÷चार दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता हट्ने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।

 ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • ६ जेठ, २०७६

काठमाडौ । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा र युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष

'मलाई छाया सरकारमा रुची छैन´–अमरेश कुमार

  • ६ जेठ, २०७६

काठमाडौ । नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले आफु पार्टीले गठन गरेको छाया सरकारमा नबस्ने स्पष्ट पारेका छन् । पार्टीले छाया सरकारमा आफ्नो नाम

पत्रकारहरुले प्रदेशसभा अगाडी धर्ना दिए

  • ६ जेठ, २०७६

जनकपुरधाम । प्रदेश सरकारले ल्याएको प्रदेश संचार विधेयकको बिरोध गर्दै प्रदेश २ का पत्रकारहरुले प्रदेशसभा अगाडी धर्ना दिएका छन् । नेपालको संविधानले