इन्डोनेसियाको बालीमा ज्वालामुखी सक्रिय, ९ गाउँ सखाप, ५ उडान रद्द
जाकार्ता । इन्डोनेसियाको बालीमा माउन्ट अंगुग ज्वालामुखी सक्रिय भएपछि बाली विमानस्थलमा विमान परिचालनमा रोक लगाइएको छ ।
शुक्रबार रातिबाट ज्वालामुखी सक्रिय भएको त्यहाँको आपत् एजेन्सीले जानकारी दिएको छ ।
ज्वालामुखी भएको साढे चार मिनेटसम्म लाभा र तातो चट्टान बगेको एपीको रिपोर्टले जनाएको छ । ज्वालामुखीको लाभा मुखबाट करिब तीन किलोमिटरसम्म फैलिएको बताएको छ ।
लाभाले नौ वटा गाउँलाई सखाप पारेको छ । आपत एजेन्सीले ज्वालामुखीको लाभा फैलिने क्षेत्र चारैतिर चार किलोमिटर रहेकाले उच्च चेतावनी जारी नगरिएको बताएको छ ।
हवाई महानिर्देशनालयले बालीको चार उडान मार्गलाई परिवर्तित गरिएको र ज्वालामुखीबाट उत्पन्न खरानीको बादलका कारण पाँच वटा उडान रद्द गरिएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस