मीठो निद्राका लागि अपनाउनुस् यी उपाय
– सर्वप्रथम निद्रा खराब हुने कारणहरूबाट बच्न जरुरी हुन्छ । जस्तै धेरै रातिसम्म टिभी हेर्नु, भोजहरूमा संलग्न हुनु आदि ।
– कफी, चिया, चिसो ड्रिङ्क्सहरू, चकलेट, निकोटिनयुक्त पदार्थ एवं अल्कोहललाई मनाही गर्नुपर्छ ।
– सुत्नु भन्दा अगाडि आफ्नो शरीर र दिमागलाई दैनिक कामहरूको बोझबाट हटाएर आराम गर्न दिनुपर्दछ, दिउँसोको सबै तनावलाई भुल्नु पर्दछ ।
यसका लागि आफूलाई मन पर्ने किताबहरू, आनन्द दिने संगीतहरू सुन्ने तथा सम्भव भएमा हल्का तातो पानीमा अरोमा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मस्त निद्रामा पर्न सकिन्छ ।
– सुत्ने एउटा समय बनाउने, दैनिकरुपमा त्यही समयमा नै सुत्ने बानी बसाल्ने आदि गर्न सकेमा मीठो निद्रामा पर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस