दुई थान पेस्तोलसहित भारतीय पक्राउ

विराटनगर । प्रहरीले दुई थान हतियारसहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ स्थित मुख्य बजार क्षेत्रबाटै प्रहरीले २२ वर्षीय कुनालकुमार सिंहलाई पक्राउ गरेको हो ।

भारत सीतामणि घर भएका २२ वर्षीय कुनालकुमार सिंहलाई सोमबार अबेर राती विराटनगरको एउटा गेस्ट हाउसबाट प्रहरीले पक्राउ  गरेको हो । दुई जना भारतीय हतियारसहित नेपाल प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले गेष्ट हाउसमा छापा मारेर सिंहलाई पक्राउ गरेपनि अर्का व्यक्ति भने गेस्टहाउस बाहिरै रहेका कारण उम्किएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार सिंहको साथबाट एक थान कटुवा पेस्तोल र एकथान चाइनिज पेस्तोल बरामद भएको छ । प्रहरीले दुवै हतियारमा लाग्ने चार चार राउण्ड गोली पनि बरामद गरेको छ ।

भारतबाट हतियारसहित आएका उनीहरुले सोमबार दिउँसो १ बजे विराटनगरको गेष्ट हाउसको कोठा बुक गरेर बसेको प्रहरीले जनाएको छ । हतियार कारोबारको उद्देश्यले उनीहरु आएको प्रहरीको आशंका छ । त्यसको सूचना पाएलगतै डीएसपी बेदप्रसाद गौतमको नेतृत्वमा गएको प्रहरीले गेष्ट हाउसमा छापा मारेको थियो ।  

प्रहरीले हतियारको कारोवार गर्न वा कुनै अपराधिक घटना गराउन नेपाल आएको आशंका गर्दै अनुसंधानलाई केन्द्रीत गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर