संसदीय समिति कारागार अनुगमनमा जाने

फाइल तस्वीर

बुटवल । प्रदेश पाँच संसदको प्रदेश मामिला तथा कानुन समिति कारागारहरुको अनुगमनमा जाने भएको छ । समितिका सोमवार वसेको बैठकले अनुगमनका लागि २ वटा समिति बनाएको छ । समितिका सभापति दामाकुमारी शर्मा र सदस्य भोजप्रसाद श्रेष्ठको नेतृत्वमा बनेका २ वटा समिति अनुगमनमा जाने भएका छन । 

जेलहरुमा कैदीवन्दीहरु राख्ने क्षमता भन्दा बढी रहेको तथा भौतिक संरचना पनि कमजोर रहेको कुरा उठेपछि समिति जेलहरुको अनुगमनमा जाने निष्कर्षमा पुगेको हो । जेलहरुको अनुगमन गर्दा त्यहाको वास्तविक अवस्था थाहा हुने र सुधारका लागि निर्देशन दिन सहज हुने भएकाले अनुगमनमा जाने निर्णय गरिएको समितिले जनाएको छ । समितिका सदस्य भोजप्साद श्रेष्ठले कारागार सुधारका लागि अनुगमन गरिने भन्दै स.सदीय समितिहरुले चट्टाङले पु¥याएको क्षतीका बारेमा पनि अध्यान गर्ने बताए । हानी नोक्सानीका बारेमा समितिले चासो राखेको उनको भनाइ छ । 

मानव अधिकार र सुशासनको विषय समितिले हेर्ने भन्दै सदस्य श्रेष्ठले मंगलवार बुटवल १ मा श्री ३ बडामहारानीका नाममा रहेको जग्गामा वसेका १६ परिवारहरुको झुपडीमा डोजर लगाएको स्थानको अनुगमन गर्ने पनि बताए । सोमवारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी पनि सहभागि रहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर