फिल्म दाल भात तरकारीले ५१ दिन मनाउँदा भब्य पार्टी

काठमाडौं । फिल्म दाल भात तरकारीले आफ्नो सफलताको ५१ दिन मनाएको छ ।  बैशाख १३ बाट प्रदर्शनमा आएको फिल्म दाल भात तरकारीले गोपीकृष्ण, गुण सिनेमा र अस्तनारायण हलमा ५१ दिन पुरा गरेको हो । 

 फिल्मले ५१ दिन पार गरेपछि निर्माण टिमले राजधानीमा एक भव्य कार्यक्रम गर्दै आइतबार पार्टी गरेको थियो। पार्टीमा फिल्म निर्माण टिम अन्य कलाकार, निर्माता, निर्देशक र पत्रकारको बाक्लो उपस्थिति थियो ।

फिल्म संग आवद्द सम्पूर्ण कलाकार, प्राविधिक, निर्माता, निर्देशकलाई सम्मान स्वरुप निर्माण टिमले प्रमाणपत्र वितरण गरेको थियो। नायिका आंचल शर्माले भने उपहार स्वरुप आइफोन १० दिएका थिए ।

सक्सेस पार्टीमा नायक भुवन केसी, नायिका करिश्मा मानन्धर, गायक राजेश पायल राई, कलाकार निर्मल शर्मा, कलाकार संघका अधक्ष्य रविन्द्र खड्का, कमेडियन मनोज गजुरेल, संगीतकार शम्भुजित बास्कोटा, नायक संजोग कोइराला लगायतको उपस्थिति थियो ।

किरण केसीले निर्माण गरेका ‘दाल भात तरकारी’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, वर्षा राउत, प्रीयंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर