प्रदेश ५ को योजना आयोग उपाध्यक्षमा डा. गौतम
बुटवल । प्रदेश ५ योजना आयोग उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको सोमबारको वैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । बुटवलका स्थायी बासिन्दा गौतम यसअघि लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख थिए ।
यसअघिका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा नियुक्त भएपछि जेठ १४ गते पदबाट राजीनामा दिएका थिए ।
आयोगले प्रदेशको दूरगामी सोंचसहितको विकासको अवधारणा तयार गर्ने,उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने,दीर्घकालीन र अल्पकालीन नीति,रणनीति तथा योजना तर्जुमा र प्रदेशस्तरका महत्वपूर्ण नीति,कार्यक्रम र योजनाहरुको अनुगमन एवं मूल्यांङकन गरी प्राप्त सूचनाहरुको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यक सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने काम गर्दछ ।
प्रतिकृया दिनुहोस