• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 08:16 pm

वार्ताको प्रस्ताव गरेको भनी अमेरिका झूटो बोल्यो - इरानी राष्ट्रपति

तस्विर : वेब

तेहरान । अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् ।

राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको इरानीमन्त्रीहरूसँग भने, ‘वार्ताका लागि आह्वान गरेको दावी गरिरहँदा अमेरिकाले इरानमाथि र यहाँका विदेशमन्त्रीमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो प्रष्ट छ कि वासिंटन वार्ता प्रस्ताव गरिएको भनेर झुटो बोलिरहेको छ ।’

अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले वासिंटनले इरानसँग वार्ताका लागि ढोका खुल्ला राखेको भन्ने भनाईप्रति लक्षित गर्दै रौहानीको यो प्रतिक्रिया आएको हो । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दावी पनि गरेका थिए ।

इरानी राष्ट्रपति रौहानीले प्रश्न गरे, ‘इरानी सर्वोच्च नेता आयोतोल्ला खामेनीलाई कालो सूचीमा राख्ने इरानमाथि प्रतिबन्ध गर्ने अनि कसरी वार्ताको लागि ढोका खुला हुन्छ सबै सामु यो बिषय प्रष्ट हुनु जरूरी छ ।’

‘सियाको प्रार्थनागृह होसैनिया सर्वोच्च नेताको घर हो जुन सामान्य छ । हाम्रा देशका नेताहरूसँग अन्य देशका नेतासँगजस्तो विदेशमा अर्बौको सम्पत्ति छैन । यसलाई रोकियोस्, जफत गरियोस् वा प्रतिबन्ध लगाइयोस् यसबाट इरानलाई कुनै फरक पर्दैन’, उनले थपे, ‘विदेशमन्त्रीविरूद्धको प्रतिवन्ध के का लागि हो ? उहाँलाई अमेरिका भ्रमणमा रोक लगाउन होइन ? यो राम्रो हाम्रो लागि राम्रो कुरा हो ।’  

अमेरिकाले सोमबारदेखि लगु हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । उसले इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दवाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

  • १६ फाल्गुण, २०७६

सोल । कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान

कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

  • १६ फाल्गुण, २०७६

टोकियो ।  प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

  • १६ फाल्गुण, २०७६

न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार