भक्तपुरमा शुभकामना यातायात

काठमाडौं । शुभकामना यातायात प्रा.लिले भक्तपुर सिरुटार देखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरि ठुला बस संञ्चालनमा ल्याएको छ । शुभकामना यातायात प्रा.लिले सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटार देखि नयाबानेश्वर हुदै थानकोट–नागढुङ्गा सम्म संञ्चालन हुने बस सेवा दिन सुरु गरेको हो । 

शुभकामना यातायात प्रालि द्धारा संञ्चालित ३१ सिटे बसहरुले सुर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने विश्वास सञ्चालकले लिएका छन् । सिरुटार देखि नयावानेश्वर हुदै थानकोट नागढुंगा सम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट परमिट  प्राप्त गरेपछि सेवा सुरु गरिएको शुभकामना यातायात प्रालिले जनाएको छ ।

२०६६ सालमा ट्याम्पो विस्थापित गरेर फोर्स गाडी संञ्चालनमा आएपछि सो रुटमा ठुला सवारी साधन सञ्चालनमा आएका थिएनन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर