नेपालमा पहिलोपटक मोएथाई प्रतियोगिता आयोजना
पाँचथर । नेपालमा पहिलोपटक मोए थाई प्रतियोगिता पाँचथर सदरमुकाम फिदिममा सुरु भएको छ । नेपालमा केही वर्षयता विकास भएको यो खेलको पाँचथरमा पहिलोपटक प्रतियोगिता नै आयोजना गरिएको छ । यो खेललाई ‘मिक्स मार्सल आर्ट’को रूपमा लिइने गरिएको छ ।
पाँचथर सदरमुकाम फिदिममा बुधबारदेखि प्रदेशस्तरीय प्रतियोगितामा सुरु भएको हो । प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका एक सयजना खेलाडी, भारतको सिक्किमदेखि आएका अफिसियलसहितको ठुलो टोलीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
नेपालका लागि यौ नौलो खेल हो । त्यसैले पनि यो खेलप्रति दर्शकको आकर्षक बढेको छ । मोएथाई एसोसिएसन अफ पाँचथर नेपालले आयोजना गरेको प्रतियोगिता तीन दिनसम्म सच्चालन हुनेछ ।
थाइल्यान्डको राष्ट्रिय खेल तथा छिमेकी भारतका विभिन्न ठाउँमा विस्तार भएको उक्त खेल नेपालमा पहिलोपटक प्रतियोगिताको रूपमा आयोजना भएको हो । प्रतियोगिताको बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा पाँच जिल्लाका खेलाडी सहभागी छन् । यीमध्ये २० जना महिला खेलाडी रहेका छन् । प्रतियोगितामा पाँचथर, झापा, उदयपुर, तेह्रथुम र इलामका खेलाडी सहभागी छन् । अफिसियल र अतिथिको रूपमा भारतको सिक्किमबाट टोली आएको छ ।
प्रतिकृया दिनुहोस