सूचना को हक बुझ्न महिला पत्रकार तालीम मा जुटे 

सुर्खेत । कर्णाली प्रदेश को राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा कार्यरत सक्रिय महिला पत्रकारहरु सुचनाको हक थाहा पाउनको लागि दुई दिने तालिममा जुटेका छन् । आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरपालिकामा सो कार्यक्रम को उद्घाटन भएको छ । 

‘सम्पुर्ण सुचना पाउनु नागरिकको अधिकार हो । त्यो थाहा कसरी पाउन सकिन्छ । यो तालिममा हामीले महिला पत्रकारलाई यो बारे विशेष ज्ञान दिनेछौ ।’ क्रियाशिल पत्रकार महिला शाखा कि अध्यक्ष लक्ष्मी भण्डारी ले जानकारी दिइन्  । स्थानिय तहमा सूचना को हक कार्यनयन कसरी गर्न सकिन्छ यो बारेमा पनि प्रशिक्षण दिइने अध्यक्ष भण्डारी ले भनिन् ।  

सूचना लिनको लागि के के नियम को पालना गर्नु पर्छ यो बारे पनि हामीले यो दुई दिनको अबधिभर जानकारी दिने उनले भनिन् । 

सो कार्यक्रममा पत्रकार महासंघ का केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल ले सबै भन्दा बढी सूचना स्थानीय तहमा हुने भएको ले पनि यो कार्यक्रमले धेरै कुराको ज्ञान लिन सकिने बताए ।

दुई दिने तालिम को उद्घाटन गर्दै बिरेन्द्रनगर नगरपालिका कि उप प्रमुख मोहनमाया ढकाल ले आफू संचार माध्यम बाट चाहादा चाहादै पनि नजिक हुन नसकेको दुखेसो पोखिन । जन प्रतिनिधि ले गरेका काम र उनिहरु ले प्राप्त गरेका अधिकारहरु सहि हुन् या गलत हुन त्यो सुधार्ने र सजक गराउने पत्रकार को ठूलो भुमिका भएको ले आफू जहिले पनि प्रेस को नजिक रहेर काम गर्ने बताइन् कुनै एक क्षेत्र को मानिस ले गल्ती गर्‍यो भने सबैलाई हेर्ने दृष्टिकोण उहीँ हुन्छ त्यो संचारमाध्यम ले सहि विश्लेषण गर्न उनले आग्रह गरि न तालिम दुई  दिन सम्म चल्नेछ ।

सो कार्यक्रममा पत्रकार महासंघ सुर्खेत का अध्यक्ष गणेश कन्चन भारती र पत्रकार महासंघ कर्णाली प्रदेश का महासचिव दिपेन्द्र शर्मा को पनि उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर