लोकसेवाको विज्ञापनविरुद्वमा सुर्खेतमा सिठी जुलुस 

सुर्खेत ।  नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतको नेतित्वमा आज लोकसेवाको विज्ञापनविरुद्व सुर्खेतमा सिठी जुलुस निकालिएको छ । 

पूर्व स्वास्थ्य तथा राज्य मन्त्रि खड्कबहादुर बस्यालले उक्त जुलुसको कोण सभालाई सम्बोधन गर्दे अधिकार खोसिंदा चुप लागेर बसेमा कहिल्यै नपाउने बताए । 

उनले भने, अहिले तपाई हामी माथी अन्याय हुदै तपाई हाम्रो अधिकार खोसीदा समेत घरको झ्यालबाट हेर्दे चुप लाग्यो भने हामीले कहिले अधिकार पाउदौं ?

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले लोकसेवा आयोगमा पाउदै आएको आरक्षण सिटहरुलाई संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी अपहेलना गरेको कारणले केन्द्रिय कार्यक्रम अन्तर्गत आफूहरुले चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताए ।

स्थानिय मंगलगढी चौकबाट शुरु भएको सिठी जुलुसले वीेरेन्द्रनगर बजार परिक्रमा गरी वीेरेन्द्र चौकमा कोण सभा गरी  सम्मपन्न भएको थियो । जुलुसमा जनजाति, आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर