योजना मूल्यांकनको काम होटेलबाट हुँदै

जनकपुरधाम । आर्थिक वर्ष २०७५/०७६को आज अन्तिम दिन । कर्मचारीहरु योजना मूलयांकनको काम आज अन्तिम दिन पनि जारी नै राखेका छन् । उपभोक्ता समिति मार्फत गरिएका कामको मूल्याकंकनको काम होटेलमै बसेर धमाधम गरिरहेका छन् । जनकपुरधामको अधिकांश होटेलमा बसेर मन्त्रालयका कर्मचारीहरूले योजनाको मूल्याकंनको नाममा रकम असुलि रहेको समेत पाइएको छ । अधिकांश होटेल कर्मचारीहरुले नै भरिभराउ छ । 

होटेलमा कामको मूल्याकंन भईसकेपछि उनीहरू फाइल बोकेर मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताको कार्यकक्षमा पुगेर तोक लगाउने त्यसपछि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक बुझुने काम धमाधम गरिरहेका छन् । 

जनकपुरधामको सिटी स्टार होटेलको कोठा नम्बर २०५ र २०८ मा मन्त्रालयका कर्मचारी योजनाको मूल्याकंन गर्न व्यस्त देखिएका छन् । दुबै कोठा उद्योग वन तथा पर्यटन मन्त्रालयको नाउँमा बुक भएको पाइएको छ ।  ल्यापटप र प्रिन्टर होटलको कोठामा राखेर कर्मचारीहरू योजना सम्पन्नको फाइल गर्दै उनीहरु मूल्याकंन गरिरहेका छन् । 

योजनाको मूल्यांकन भईरहेको सो होटेलमा उपस्थित प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले फिल्डको कामको डकुमेन्टेशन कही गर्न सकिन्छ सोही डकुमेन्टेशन गरिरहेका छौँ बताइन् । एक कर्मचारीले मन्त्रालयमा ठाउँको अभाव भएकाले यहाँ बसेर काम गर्न परिरहेको सुनाए । अन्य काम मन्त्रालयबाट नै भईरहेको उनले बताए ।  

स्रोतका अनुसार उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश रायले भुक्तानी अघि सबै उपभोक्ता समितिबाट अनिवार्य १५ देखि २० प्रतिशत कमिशन लिई रहेको कुरो समेत बाहिरिएको छ । कमिशन असुल्नकै लागि होटेलबाट काम भईरहेको एक कर्मचारीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर