वडाध्यक्षले पाएको सबै तलव जेष्ठ नागरिकलाई वितरण

कञ्चनपुर । भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवरले नगरपालिकाबाट पाएको  तलब वापतको रकम आइतबार जेष्ठ नागरिकलाई वितरण गरेका छन् । 

अध्यक्ष कुँवरले गत आर्थिक वर्ष नगरपालिकाबाट पाएको सबै रकम वडाका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन् । 

कुँवरले वडा कार्यालय र गाउँमै पुगेर १५ सयका दरले १ सय ५० जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई रकम वितरण गरेका छन् ।

वडाबाट उनीहरुको कार्ड बनाएर रकम वितरण गरेका हुन् । उनले गत वर्षदेखि आफुले पाउने पारिश्रमिक नलिने घोषणा गरेका थिए । 

गत वर्ष पनि जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई तलबको रकम वितरण गरेका थिए । ‘मैले पाउने पुरै रकम असाहय नागरिकलाई नै दिन्छु,’ उनले भने, ‘पाँच वर्षकै रकम लिन्नँ ।’ वडाका गम्भीर विरामी र अशक्तको समेत कार्ड बनाएर १५ सयका दरले रकम वितरण गर्ने अध्यक्ष कुँवरले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर