माटो परीक्षण गर्न किसानको खेतमै प्रयोगशालायुक्त बस

विराटनगर । माटो परीक्षण गरेर उपयुक्त खेती गर्न किसानहरुले भोग्दै आएको समस्या अव समाधान हुने भएको छ । प्रदेश सरकारले किसानको आग्रहमा खेतखेतमै पुगेर माटो परीक्षण गर्ने अभ्यास केही दिनपछिबाटै आरम्भ गर्ने तयारी थालेको छ । किसानको खेतको माटोको गुणस्तर र अवस्था कस्तो छ भनेर परीक्षण गर्ने प्रयोगशालायुक्त बस सरकारले खरिद गरेर ल्याइसकेको छ । सरकारले किसानहरुको सुविधाकालागि ‘माटो परीक्षण घुम्ती प्रयोगशाला’ सञ्चालन गर्ने जानकारी दिएको छ । 

प्रदेश १ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशालायुक्त उक्त बस झापाको सुरुङ्गा स्थित माटो तथा मल परीक्षण प्रयोगशालालाई हस्तान्तरण गरेपछि सेवा आरम्भ हुने छ । एक साता भित्र घुम्ती प्रयोगशाला हस्तान्तरण गर्ने मन्त्रालयले जनाएको छ ।  

घुम्ती प्रयोगशाला सञ्चालनमा आएपछि परीक्षणकालागि अब झापा, मोरङ र सुनसरीका किसानले माटो बोकेर प्रयोगशालासम्म धाउनु पर्ने अवस्था अन्त्य हुने छ । माटो संकलनको जटिल विधि र  परीक्षणका लागि टाढा पुग्नुपर्ने समस्याले गर्दा थोरै किसानहरुले मात्र माटो परीक्षण गराउँथे । ‘अब किसानले फोन गरेर बोलाउनुहुन्छ,’ मन्त्रायका सचिव हस्तबहादुर विष्टले भने ‘त्यसपछि हाम्रा प्राविधिकहरु प्रयोगशालायुक्त बस लिएर किसानकै खेतमा पुगेर माटो परीक्षण गर्नुहुन्छ ।’

प्रदेश सरकारले ७५ लाख रुपियाँ लागतमा बस भित्र प्रयोगशालासहितको बस खरि स्थापना गरेको हो । को १ ग १६० नम्बरको प्रयोगशालायुक्त बस पहेंलो रंगको छ ।   १५÷२० जना कृषकहरूको खेतको माटो परीक्षण एकै पटक गरिनेछ । बस भित्र स्थापना गरिएको माटो परीक्षण घुम्ती प्रयोगशालामा चालकसहित ५ जनाको प्राविधकको टोली हुनेछ । 

यस अघि सुनसरीको झुम्का र झापाको सुरुङ्गामा माटो परीक्षण हुँदै आएपनि न्यून संख्यामा मात्र किसानहरुले त्यसबाट सेवा लिने गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर