दमकमा भएको ग्याङ्ग फाईट काण्ड :  ‘दुवै पक्षमा मपाईत्वको भावना उच्च’: प्रहरी

झापा । गत बुधबार झापाको दमक १ स्थित दुर्गा मन्दिरको पश्चिम पटिको ग्राभेल सडकमा २० ननाघेका यूवाहरुबिच झडप भयो । दिउँसोको समयमा भएको उक्त ग्याङफाइटमा दुई यूवा समुहबिच सामुहिक भनाभन भयो ।  उमेर पनि उस्तै, दुवै पक्ष ‘त भन्दा म के कम’ भन्ने स्वभाव । यहि उमेरको स्वभावले गर्दा घटनामा परि एक जनाले ज्यानै गुमाउनु पर्यो । 

इलाका प्रहरी कार्यालय दमकका अनुसार त्यसबेला भएको घटनामा  १८ वर्षका बिक्रम लिम्बुको मृत्यू भएको थियो । मृतकको मृत्यू छुरा प्रहार गरेर भएको भनिए पनि त्यो प्रहार भन्दा पनि छुरा झिक्ने क्रममा अचानक लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी श्यामल कुमार सुब्बाका अनुसार घटनामा कुनै ठुलो कारण नरहेको र यूवा समुह बिच मपाइत्वको भावनानै घटनाको मुख्य कारण थियो । 

गत  चैत्र ७ गते  फागु पूर्णीमा दिन  दुई समुह बिच आँखा जुँधा जुध भएको थियो  । त्यसबेला सामान्य विवाद भएको त्यो समुह बिचमा त्यस घटनाको करिव ३ महिना पछि दमक १ स्थित रवी बसपार्कको प्रवेशद्धारमा समेत झडप भएको थियो । 

डीएसपी सुब्बाका अनुसार दुवैपटकको घटनामा  दुवै पक्षलाई प्रहरीले  पक्राउ गरेर ल्याएको र  पछि पारिवारको रोहवरमा मेलमिलाप गराई  छोडिएको थियो । तर बिचमा  त्यो समुहलाई न प्रहरीले ख्याल गर्यो न उनीहरुका परिवारले नै । तर ती यूवाहरुको मनमा एक अर्का बिचको रिश र आक्रोस मरिसकेको थिएन र पछिल्लो समय  घटनाले मृत्यूकै रुपम लिएको  प्रहररिको भनाई छ । ‘यो अवधिमा  प्रहरीको पनि कमजोरी भएको हो अनि परिवारको पनि ।’ डीएसपी सुब्बाले बताए ।  दुवै पक्षले ती समुहलाई सुधार्न नसक्नु नै अहिलेको घटनाको कारण बन्न पुग्यो ।

घटनामा संलग्न यूवाहरुको घर  फरक फरक ठाउँमा रहेको र उनीहरु बिच भेटघाट फागु पूर्णीको दिन मात्र भएको समेत  प्रहरीको भनाई छ । कसैको घर इलामको चुलाचुली स्थित पेल्टिमारी रहेको छ भने कसैको दमक १ स्थित भाङ्गवारी, मामा चोक, फाल्गुनन्द चोक हो । संलग्नहरु कतिपयले घरको आर्थिक अवस्थाका कारण बिचैमा बढाई छोडेका छन् भने कतिपय कक्षा ९÷१० मा पढ्नेहरु रहेका छन् । यो उमेरमा पारिवारमा अभिभावकको कुरा कम सुन्ने र आफै निर्णय गर्ने भएकोले घटनाले यो रुप लिएको प्रहरीको निष्कर्ष छ ।

घटनामा संलग्न दमक २ का  १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । प्रहरीका अनुसार घटनामा २५ जना भन्दा बढिको संलग्नता रहेको र ११ जना पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमै राखेर थप अनुसन्धानको काम भै रहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर