• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

'यो सरकारले पनि थारु समुदायमाथि न्याय गरेन'–अमनलाल मोदी

काठमाडौं । नेकपाका सांसद अमनलाल मोदीले वर्तमान नेकपाकै सरकारले पनि थारु समुदायमाथि न्याय नगरेको बताएका छन् । समाचार दैनिको स्टुडियोमा शुक्रबार प्रत्येक्ष कुराकानी गर्दै सांसद मोदीले अहिले पनि थारु समुदाय राज्यको मूलधारमा आउन नसकेको बताए ।

‘जनताबाट निर्वाचित सांसद अहिलेपनि जेलमा छन्, अहिलेको क्याविनेटमा थारु समुदायबाट जम्मा एक जना त्यो पनि राज्यमन्त्री छन्, पार्टीका नेतृत्वदायी अंगहरुमा थारु समुदायको कुनै प्रतिनिधित्व छैन, भनेपछि गणतन्त्रमा कम्युनिष्टहरुको बलियो सरकार बन्दापनि थारु समुदायले न्याय पाएनन् ।’

तत्कालिन माओवादी केन्द्रका तर्फबाट मोरङ ४ बाट निर्वाचित सांसद मोदीले मधेशमा बाढी तथा डुवानका बेला उद्दार र राहत वितरण गर्न संघीय तथा स्थानीय सरकार समेत प्रभावकारी हुन नसकेको आरोप लगाए ।

सार्वजनिक लेखा समितिले छानविन गरिरहेको नेपाल विद्युत प्राधिकरणको अनियमितताका विषयमा समेत आफ्नो अडान दोहोर्याउँदै नेकपाका युवा नेता मोदीले ३ वर्ष भन्दा लामो समय भईसक्दा पनि ९ अर्व भन्दा धेरै बेरुजु प्राधिकरणले किन उठाउन सकेन भनि प्रश्न गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा आएको ३ वर्ष वितिसक्दा पनि बेरुजु उठाउन नसक्नुले उनीमाथि पनि प्रश्न उठेको बताए । उनले भने, जनताको पैसा नउठ्नुको कारण के हो छानविन गर्नुपर्छ भनेर मैले भनेको हो ।’ 

सार्वभौम संसदमा उजुरी आईसकेपनि जुनसुकै निकायको,जो सुकैका विषयमा पनि प्रश्न गर्न, छानविन गर्न पाउने सांसदको सार्वभौम अधिकार रहेको उनले बताए ।
यस्तो छ उनीसँगको कुराकानी :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर