• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सिक्किम डेमोक्रेटिक फ्रन्टका १० जना सांसद भाजपा प्रवेश, एक्लिए पवन चाम्लिङ

गान्तोक । भारतको पूर्वोत्तर राज्य सिक्किमको राजनीतिमा तरंग आएको छ । पूर्वमुख्यमन्त्री पवनकुमार चामलिङबाहेक सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) का १० जना सांसद आज भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् ।  भाजपाका कार्यकारी अध्यक्ष जेडी नड्डा तथा महासचिव राम माधवकाे उपस्थितिमा उनीहरू भाजपा प्रवेश गरेका छन् ।

पवनकुमार चामलिङ यसअघि सिक्किमका मुख्यमन्त्री थिए । उनी २५ वर्षसम्म भारतको मुख्यमन्त्री भएका थिए । उनी भारतमा लामो समय मुख्यमन्त्री हुनेमा अग्रणी स्थानमा आउँछन् । 

सिक्किमा गत लोकसभा निर्वाचनमा सँगै विधानसभा निर्वाचन पनि गरिएको थियो । सो निर्वाचमा चामलिङको पार्टी पराजित भएको थियो । सो निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह गोलेले बहुमत प्राप्त गर्दै मुख्यमन्त्री बन्न सफल भएका थिए । उनी सिक्किमका छैटौं मुख्यमन्त्री हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर