‘द भ्वाइस अफ नेपाल सिजन–२’ तयारी सकियो
काठमाडौं । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ यहि साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा प्रसारण हुदैछ । हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने छ । झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन्
पहिलो सिजन भन्दा यो सिजन अझ रमाइलो हुने र धेरै नयाँ र फरक प्रतिभा दर्शकले देख्न र सुन्न पाउनेमा भ्वाइसको टिम विश्वस्त छ । ब्लाइन्ड अडिसन बाट छानिएका प्रती कोच १६ प्रतिस्पर्थी ब्याटल राउन्डमा सहभागी हुनेछन् र ब्याटल राउन्ड सकिदा सम्म प्रत्येक कोच सँग बाँकी रहेका ९ जना प्रतिस्पर्धी नक आउटका लागि भिड्ने छन् ।
९ जना प्रतिस्पर्थीलाई ३र३ जनाको ३ समुहमा विभाजन गर्दै १ समुह बाट १ जनालाई सेलेक्ट गर्दै कोच सँग ३ जना प्रतिस्पर्धी रहनेछन् जो लाइभ राउन्डमा जानेछन् । लाइभ राउन्डबाट अगाडि बढ्ने निर्णय भने जनताको भोटको आधारमा हुनेछ । यो पटक कोचहरु राजु लामा, आस्था राउत, दीप श्रेष्ठ र प्रमोद खरेल रहेका छन् ।
प्रतिकृया दिनुहोस