• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 10:15 pm

दश दिनदेखि बेपत्ता आइरिस किशोरी मलेसियाको जंगलमा मृत भेटिइन् 

मलेसिया । मलेसियाको जंगलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए ।

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् ।

परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तिब्र बनाएको थियो ।

राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो । तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए । खोजीका क्रममा हेलिकप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो ।

खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए ।

विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ । तर त्यो शव नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ । उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ । ट्रस्टले फेला परेको शव परीक्षणका क्रममा रहेको जनाएको छ ।

परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९ सय अमेरिकी डलर दिने घोषणा पनि गरेका छन् ।

सानैदेखि मानसिक रुपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्रीलंका : प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले लिए सपथ ग्रहण

  • ५ मङ्सिर, २०७६

कोलम्बो । श्रीलंकाको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गरेका छन् ।  परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि

किमले अस्विकार गरे दक्षिण कोरियाको निमन्त्रणा, 'आसियान' सम्मेलनमा भाग नलिने

  • ५ मङ्सिर, २०७६

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन अर्को साता हुन गइरहेको ‘आसियान’को शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।  आसियान सम्मेलनका लागि दक्षिण

थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प

  • ५ मङ्सिर, २०७६

बैंकक । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।    भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका