• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 08:52 pm

पाकिस्तानको आज ७३औं स्वतन्त्रता दिवस

काठमाडौं । पाकिस्तानले आफ्नो ७३औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमबीच झन्डोत्तलन गर्दै दिवस मनाएको हो । 

७३ वर्षअघि तत्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ । दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख, शान्ति र खुसियाली बाँड्दै विश्वभरि बन्धुत्व र भाइचाराको कामना गरेका छन् । 

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख  छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्टिल, आल्मुनियमसम्बन्धी अमेरिकाकाे प्रस्ताव मेक्सिकोले गर्याे अस्वीकार

  • २३ मङ्सिर, २०७६

मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी

कार्यकुशलता प्रदर्शन गर्न नसकेकाे आरोपपछि दक्षिण सुडानका सभामुखले दिए राजीनामा

  • २३ मङ्सिर, २०७६

जुबा । सांसदहरूको अत्यधिक दवाव र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन् ।  कार्यकुशलता प्रदर्शन गर्न नसकेको र

भारतको विवादित ‘नागरिकता संशोधन विधेयक’ लोकसभामा प्रस्तुत

  • २३ मङ्सिर, २०७६

एजेन्सी । भारतको संसदमा विवादित ‘नागरिकता संशोधन विधेयक’ प्रस्तुत गरिएको छ, जसले तीन छिमेकी देशका गैर–मुस्लिम नागरिकलाई भारतले नागरिकता दिनेछ