नेकपाका नेता भूमिश्वर ढकालको घरमा बम आक्रमण

रामापुर । प्रदेश ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता  भूमिश्वर ढकालको घरमा राति  बम आक्रमण भएको छ । 

ढकालको घरमा तीनवटा बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको  छ । ढकाल बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला उनकाे घरमा आक्रमण भएको हो । 

सैनामैना– ८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबा(आमालगायत थिए  । उनि सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नभएको बताइएकाे छ ।   गाडीकाे  पछाडिको भाग जलेर क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रमुख एसपि हदय थापा का अनुसार बियर का बोतलमा मट्टीतेल राखेर प्रहार गरिएको अनुमान प्रहरीले गरेको र घटनाको अनुसन्धान भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर