• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतीय गृहमन्त्रीलाई एक काश्मिरी युवतीको पत्र – 'पशु जस्तै थुनिएका छौँ'

एजेन्सी । काश्मिर उपत्यकामा कर्फ्यु लगाइएको शुक्रबार १२ दिन पुगेको छ । काश्मिरमा राजनीतिक पार्टीका केही नेताहरु अहिले पनि हिरासतमै छन् । 

गत ५ अगस्टमै दुई पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती र उमर अब्दुल्लालाई गिरफ्तार गरिएको थियो । पूर्वमुख्यमन्त्री महबूबा मुफ्तीकी छोरी इल्तिजा जावेदले एक श्रव्य सन्देश जारी गरेकी छिन् । 

श्रव्य सन्देशमा इल्तिजाले आफूलाई पनि हिरासतमा लिएको बताएकी छिन् । यदि उनले फेरी सञ्चारमाध्यमसँग कुरा गरिन् भने यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको पनि उनले बताएकी छिन् । इल्तिजाले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर स्पिष्टीकरण मागेको बताएकी छिन् । 

इल्तिजाले गृहमन्त्रीलाई लेखेको पत्रमा भनेकी छिन्, ‘आज जहाँ एकातिर बाँकी देश भारतको स्वतन्त्रता दिवस मनाइरहेको छ, अर्कातिर काश्मिरीहरुलाई जनावर जस्तो कैद गरिएको छ र उनीहरुलाई आधारभूत मानवअधिकारबाट वञ्चित गरिएको छ ।’

जावेदले श्रव्य सन्देशमा भयावह कर्फ्यु लगाएपछि काश्मिरीहरुले के–के भोग्नु परिरहेको छ भन्नेबारे सञ्चारमाध्यमसँग कुराकानी गरेबापत आफूलाई पनि हिरातमा लिएको बताएकी छिन् । 

‘मलाई अपराधी जसरी व्यवहार गरिरहिएको छ र ममाथि लगातार निगरानी राखिएको छ । जति पनि काश्मिरीहरुले आवाज उठाएका छन्, उनीहरुसँगै मैले पनि ज्यानको खतरा महशुस गरिरहेकी छु’, जावेदले भनेकी छिन् । 

यसअघि पनि इल्तिजा जावेदले व्हाट्सएपमा आफ्नो बयान जारी गर्दै दुई दिनदेखि उनलाई हिरासतमा लिइएको बताएकी थिइन् । 

‘यहाको स्थितिलाई नियन्त्रणमा लिइएको छ र कसैलाई पनि घरबाट बाहिर निक्लन दिइएको छैन । यहाँ ठूलो संख्यामा गिर्फ्तार गरिएको छ । यहाँ के भइरहेको छ भन्नेबारे मिडियालाई थाहा होस् भन्ने चाहान्छु’, उनले भनेकी थिइन् । 

जम्मू–काश्मिरबाट विशेषाधिकार खारेज गरेपछि पूर्वमुख्यमन्त्री तथा अन्य वरिष्ठ नेताहरुलाई नजरबन्दमा राखिएको छ । काश्मिरमा हजारौँ अतिरिक्त सुरक्षाफौज तैनाथ गरिएको छ । गिरफ्तार गरिएका नेताहरुलाई श्रीनगरको एउटा गेस्ट हाउसमा राखिएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर