• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाकिस्तानमा प्रार्थना चलिरहेको मस्जिदमा आक्रमण, ५ को मृत्यु, १५ घाइते

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी क्वेटा जिल्लामा रहेको एउटा मस्जिदमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । 

शुक्रबार मध्यान्ह् भएको आक्रमणमा परी अरु १५ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

विस्फोटनको घटनामा शुक्रबारे प्रार्थना सम्पन्न गर्न लागेका मुस्लीम धर्मावलम्बीहरु परेको प्रहरीले जनाएको छ । 

बालोचिस्एतान प्रान्तको राजधानी क्वेटाको कुच्लाक नगर अन्तर्गत पर्ने कुली क्वासीम क्षेत्रमा रहेको मस्जिदमा विस्फोटन भएको हो ।  

प्रहरीका अनुसार प्रार्थना गराउने धार्मिक अगुवाहरू बस्नका लागि बनाइएको काठको मञ्चको तलपट्टी बम विस्फोटन भएको हो । 

बम विस्फोट हुँदा प्रार्थना सकिन लागेको र उनीहरु मस्जिदबाट बाहिरिन लागेका थिए ।

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी र उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर मृतकको शव नियन्त्रणमा लिएको थियो भने घाइतेहरूलाई अस्पताल लगेको थियो ।  

कतिपय घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्युृ हुनेहरुको संख्या अझ बढ्न सक्ने उद्धारकर्ताहरूले अनुमान गरेका छन् । 

विस्फोटनको यस घटनाका बारेमा अहिलेसम्म कुनै समूहले कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ ।  सिन्हुवा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर