• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 09:12 pm

वायु सेवा निगमका कागजात अध्ययन गर्दै कार्यदल

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ ले निगमका पुराना कागजातको अध्ययनका साथै  विज्ञसँग परामर्श गरिरहेको छ ।

समितिले निगमको समग्र व्यवस्थापन सुधारका लागि विगतका प्रतिवेदनको विस्तृत अध्ययन तथा विज्ञसँग छलफल तथा राय सुझाव लिँदै गरेको कार्यदलका संयोजक सुशील घिमिरेले जानकारी दिए । ‘हामी (निगम सुधार सुझाव कार्यदल) ले काम शुरु गरिसकेका छौँ, अहिले निगमका पुराना प्रतिवेदन अध्ययन गर्नुका साथै विभिन्न विज्ञहरुलाई बोलाएर राय लिइरहेका छौँ, अब निगम व्यवस्थापन बोर्डसँग छलफल गछौँ, पूर्व पर्यटन सचिव तथा निगमका पूर्व महाप्रबन्धकहरुसँग पनि लिखित राय मागेका छौँ’ उनले भने ।

निगमका कागजातको अध्ययन तथा विज्ञ एवम् सरोकार निकायको राय सुझाव लिएपछि कार्यदलले आफ्नो कामलाई किनारा लगाउने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (साउन २२ मन्त्रिस्तर) को निर्णयअनुरूप पूर्वपर्यटन सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलका सदस्यमा लेखाविज्ञ (चार्टर्ड एकाउण्टेण्ट) सुबोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

  • १३ फाल्गुण, २०७६

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

  • १३ फाल्गुण, २०७६

चितवन । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु भएको छ । सातै

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी

  • १३ फाल्गुण, २०७६

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र