• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

बार्सिलोनाले हारबाट गर्यो सिजनको सुरुवात

काठमाडौं। स्पेनिस लिगको साविक विजेता वार्सिलोनाले नयाँ सिजनको पहिलो खेलमा हार व्यहोरेको छ।

नेपाली समयअनुसार गएराति एथ्लेटिको विल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्साले सिजनको पहिलो हार चाखेको हो। एथ्लेटिकोका लागि खेलको ८८ औं मिनेटमा अर्टिज अडुरिजले गोल गरे ।

हजारौं दर्शकका सामुख खेलको अन्तिम समयमा गोल गरेपछि घरेलु दर्शक निक्कैबेर रमाए।

कप्तान लियोनल मेसी विना मैदान उत्रिएको वार्साले अनुवन्ध भएका नयाँ खेलाडीहरु ग्रिजम्यान, फ्रान्की लगायत पहिलो रोजाईकै खेलाडीलाई मैदानमा उतारेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर