• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शालिकराम पुडासैनीको पक्षमा पनि चितवनमा जुलुस 

चितवन । पत्रकार रवि लामिछानेका समर्थकले आज ‘चितवन बन्द’ को आयोजना गरेका छन् । यही बेला मृतक शालिकराम पुडासैनीको पक्षमा पनि  न्यायको माग गर्दै जुलुस निस्किएको छ । 

शुक्रबार रविका सर्मथकले र्याली निकालेर नाराबाजी गरेका थिए । साथै, प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार गरेपछि प्रहरीले भीड नियन्त्रण गर्नका लागि अश्रुग्यांस प्रहार गरेको थियो । 

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरण स्वतन्त्र रूपमा छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिबार बिहानै चितवनका युवाले प्लेकार्डसहितको जुलुश निकालेका छन् । शनिबार बिहानै चितवनका स्थानीय युवाले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुस निकालेका छन् ।

पुडासैनीले आत्महत्याअघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न बाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार लामिछानेसहित तीनजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरी चितवन ल्याएकाे थियाे । शुक्रबार दिनभर लामिछानेका समर्थकले उनीमाथि छानबिन गर्न नपाईने भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि नारा जुलुस गरेका थिए ।

लामिछाने पक्षधर युवाहरूले आज चितवन बन्दकाे आयाेजना गरेपछि पुडासैनी आत्महत्या प्रकरणमा निष्पक्ष छानबिनकाे माग गर्दै सडकमा आएकाे पुडासैनीका समर्थकहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर