प्रदेश २ : प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न सत्ताधारी दलको प्रस्ताव

काठमाडौं । प्रदेश दुईका सत्ताधारी दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराएको छ ।

समाजवादी पार्टीका सचेतक शैलेन्द्र साह र राजपाका प्रमुख सचेतक परमेश्वर साहले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएका हुन । 

समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुने गरि प्रस्ताव दर्ता गराएको हो । प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ ।

राजधानीको सीमामा मिथिला माध्यमिकि परिक्रमा सडक, उतरमा ढ्ल्केवर राजमार्ग, पूर्वमा कमला नदि सम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर