• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि उनले बैठक बोलाएका हुन् । प्रचण्डले यो पहिलोपटक सचिवालय बैठक बोलाएका हुन् ।

उनी सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो ।

प्रचण्डले भोलि दिउँसो १ बजे बैठक बोलाएका हुन् । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर