• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

नोकियाले विश्वकै सबैभन्दा सस्तो ‘फाइभ–जी’ फोन ल्याउने

एजेन्सी । फिनल्याण्डको मोबाइल कम्पनी एचएमडी ग्लोबलले अमेरिकामा आफ्नो सस्तो नोकिया फाइभ–जी फोन सन् २०२० मा ल्याउने जनाएको छ । 

नोकिया ब्रान्डको फोन बनाउने कम्पनी एचएमडी ग्लबलका प्रमुख उत्पादन अधिकारी जुहो सरविकसले फाइभ–जी फोनलाई सस्तो मूल्यमा ल्याउने र बजारमा एन्ट्री गर्नुलाई एक विशेष अवसरको रुपमा हेरेको बताएका छन् । हाल फाइभ–जीको जति मुल्य पर्छ त्यसको आधा मुल्यामा नोकियाको डिभाइसलाई हेर्न चाहेको उनले बताए । 

गिज्मो चाइनाले बिहिबार एचएमडी ग्लोबलले यस वर्षको अन्त्यसम्म आफ्नो दुई नोकिया फाइभ–जी स्मार्टफोन लिएर आउनसक्ने बताएको थियो । यसमध्यै एक स्मार्टफोन फ्ल्यागशिप हुनसक्छ, जसमा स्न्यापड्र्यागन ८५५ एसओसी, एक्स५५ मोडम पेयरडमा फाइभ–जी कनेक्टीभिटी दिइनसक्छ । 

त्यस्तै, एचएमडी ग्लोबलले यसै साता नोकिया १०५ लञ्च गरेको छ । यस फोनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसको ब्याट्री हो । एक पटक फुल चार्ज गरेपछि यसमा ३५.८ घण्टाको स्ट्यडबाई टाइम मिल्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर