• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 11:50 am

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती – मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू  चुनौतीका रुपमा देखापरेको बताएका छन् ।

रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि सङ्घीय कानून नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता  देखिएको चर्चा गर्दै उनले भने, ‘सङ्घीयतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि सङ्घीय कानूनले पूर्णता पाउन सकेको  छैन, यसले संवैधानिक प्रश्न उब्जिँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको छ ।’

राज्यका तीन सरकार बीच सहमति, सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ  धकेलिहाल्ने प्रवृतिकै कारण सङ्घीयताको कार्यान्वयनमा जटिलता देखिएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

  • १४ फाल्गुण, २०७६

धनगढी । धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति

विराटनगरमा नयाँ डेरी उद्योग स्थापना 

  • १४ फाल्गुण, २०७६

विराटनगर । विराटनगरको जतुवामा बुधबारबाट नयाँ डेरी उद्योग सञ्चालनमा आएको छ । करिव ६ करोड रुपैयाँको लगानीमा निर्माण भएको आधुनिक प्रविधियुक्त डेरी

प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाद्वारा दश विकल्पसहित जग्गा प्रस्ताव

  • १४ फाल्गुण, २०७६

विराटनगर । प्रदेश १ को प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले दश विकल्पसहित जग्गा प्रस्ताव गरेको छ ।  महानगरपालिका भित्र १८