• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:17 am

विद्यालय जाने क्रममा बेहोस भएर छात्राको मृत्यु

पाल्पा । विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ ।  रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो । 

बिहान ७ः ३० बजे विद्यालयमा कोचिङ पढ्न जाने क्रममा सडकमा एक्कासी ढलेर उनी बेहोस भएकी थिइन् । उनको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मेडिकल कलेजले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । 

छात्रा फाल दुई वर्षदेखि बेहोस भइरहने र यो महीनामा मात्र तीन पटक विद्यालयमा बेहोस भएको विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताउनुभयो । पूर्वखोला गाउँपालिका–६ हेक्लाङ घर भएका उनी विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी थिइन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बुटवलका नगरप्रहरीलाई प्रहरी तालिम केन्द्रमार्फत विशेष प्रशिक्षण

  • ३० भदौ, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम प्रदान गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम

विकास र समृद्धिको पहिले सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

  • ३० भदौ, २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो सर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन्

भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ

  • ३० भदौ, २०७६

कैलाली ।  सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक