कैलालीमा करेन्ट लागेर एकको मृत्यु
कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका ४ कुडीका ३० बर्षिय चन्द्रलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोडाघोडी नगरपालिकाको वडा १ सुखडमा विद्युतको पोलमा चढेर ईन्टरनेटको तार जडान गर्ने क्रममा चौधरी लाई करेन्ट लागेको हो । घाईते चौधरी घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरीशरण भट्टले जानकारी दिए ।
मृतक चौधरीको शव लाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ ।
प्रतिकृया दिनुहोस