• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 02:57 pm

प्राचीन बस्तीहरूको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने

दक्षिण कोरिया । काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरूको पुनर्निर्माण र स्मार्ट सिटीहरूको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।

ऐतिहासिक महत्त्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरूमा स्मार्ट सिटी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एन्ड कम्युनिटी करपोरेसनबीच सियोलमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार पहिलो चरणमा सियोल हाउजिङ एन्ड कम्युनिटी करपोरेसनले प्राचीन बस्तीका रूपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरूको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ ।

यस्तै, सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनले स्मार्ट सिटी विकासका सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको स‌ंस्थागत क्षमता विकासमा सहयोग पुर्याउनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण गर्न तथा नयाँ शहरहरुको विकासका लागि कोसेढुङ्गा साबित हुने बताए । 

सियोल हाउजिङ एन्ड कम्युनिटी करपोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ किमले सहरी क्षेत्रको पुनर्निर्माण तथा स्मार्ट सिटीहरूको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँडन् पाउँदा खुसी लागेको बताए । 

समझदारीपत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका छन् । सियोल हाउजिङ एन्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ सहरहरूको विकास गर्न तथा आवासहरूको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्लोबल इन्फ्रास्टकचर कोअपरेसन कन्फेरेन्समा नेपालको पुनर्निर्माणको भावी कार्ययोजना र अन्तर्राष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुनले सहरी क्षेत्रको विकास तथा पूर्वाधारहरू निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकहरूका बीच सहकार्य गर्नुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली भाषा–साहित्यमा स्नातक गरेका बर्मेलीलाई प्रमाणपत्र प्रदान

  • २८ श्रावण, २०७६

बर्मा । बर्मामा स्थायी बसोबास गर्ने नेपाली समुदायले ४० वर्ष अघिदेखि आफ्ना बालबालिकालाई नेपाली भाषा शिक्षण गराइरहेका छन् ।  तिनै नेपाली पाठशालाबाट

बेलायतमा मनाइयो २५ औ विश्व आदिबासी दिबश

  • २७ श्रावण, २०७६

बेलायत । बिश्वब्यापी रुपमा २५ औ बिश्व आदिबासी दिवश भब्य रुपमा मनाउने क्रममा संयुक्त अधिराज्य बेलायतमा पनि भब्य रुपमा मनाइएको छ ।  ुसास्कृतिक मात्र

राप्रपानिकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको अध्यक्षमा राजवंशी 

  • २५ श्रावण, २०७६

काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ । शनबिार मेलवर्नमा एक समारोहका बी पत्रकार सम्मेलन गर्दै