सुमो दुर्घटना हुंदा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरस्थित भीमफेदीमा यात्रुवाहक टाटासुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठ जना यात्रु घाइते छन् ।

सर्लाहीबाट काठमाडौंका लागि छुटेकाे ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडाँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियाे ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो । आठ जना घाइतेको हेटौंडास्थित अस्पतालमा उपचार भइराखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर