• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

४२ करोड फेसबुक प्रयोगकर्ताको फोन नम्बर लिक !

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक पटक फेरी डाटा लिक गरेको खबर आएको छ, जसका कारण फेसबुक पुनः विवादमा आएको छ । 

एक रिपोर्टअनुसार, करिब ४२ करोड फेसबुक प्रयोगकर्ताको फोन नम्बर लिक भएको एक अध्ययनले देखाएको छ । फोन नम्बर लिक हुनेमा अमेरिका, बेलायत र भियतनामका प्रयोगकर्ता धरै रहेको बताइएको छ । 

अमेरिकाका करिब १३ करोड, बेलातका ८० लाख र भियतनामका ५ करोड प्रयोगकर्ताको डाटा लिक भएको बताइएको छ । 

टेक क्रन्चको एक रिपोर्ट अनुसार, सुरक्षा अध्ययनकर्ता संयम जैनले फेसबुकको एक यस्तो अनलाई डाटाबेस पत्ता लगाएका छन्, जसमा प्रयोकर्ताको आइडीबाट करिब ४१९ मिलियन व्यक्तिको फोन नम्बर लिक भएको छ । 

युजर आइडीबाट फोन नम्बर लिक गर्ने क्रममा केही प्रयोगकर्ताको वास्तविक नाम, लिंग र देश जस्ता डाटा पनि सार्वजनिक भएको बताइएको छ । 

उक्त सर्भर बिना पासपोर्टको रहेको तर, यस रिपार्ट प्रकाशति भएपछि सर्भरलाई अफलाइन गरिएको बताइएको छ । डाटा लिक भएको कुराको पुष्टि गर्दै फेसबुकले जाँच अघि बढाएको छ । फेसबुकले यस रिपोर्टपछि उक्त डाटा पुरानो भएको र पहिले नै लिइएको टेक क्रन्चलाई बताएको छ । 

गत वर्षपनि यसै समस्याका कारण कम्पनीले फेसबुकमा फोन नम्बर खोज्न सकिने सुविधालाई हटाइएको थियो । र फेसबुकले डाटा लिकका कारण कुनै पनि फेसबुक अकाउन्टमा नोक्सान नपुगेको दावी गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर