• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 03:25 pm

रोनाल्डोको चार गोलले पोर्चुगलको युरो कप छनोटमा शानदार जित

क्रिस्टियानो रोनाल्डोको चार गोलको सहयोगमा पोर्चुगलले युरो कप छनोटमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पोर्चुगलले लियुनियालाई ५–१ गोल अन्तरले हराएको हो । पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए ।

६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

रोनाल्डोले पोर्चुगलबाट ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । ३४ बर्षका रोनाल्डोले आठ अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरेका छन् ।

समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ ।

समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा लक्जेमवर्गलाई ३–१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिका कराँते कपमा हिक्मतले जिते २ स्वर्ण पदक

  • ६ असोज, २०७६

काठमााडौं ।  पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २

इंग्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायम

  • ६ असोज, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । चेल्सी घरेलु मैदानमा लिभरपुलसँग २–१ पराजित

रियलले हरायो सेभिल्लालाई

  • ६ असोज, २०७६

एजेन्सी । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले मड्रिडले सेभिल्लामाथि झिनो जित निकालेको छ ।  सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियललाई