• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पाल्पाकोे पूर्वखोला गाउँपालिका पूर्व संस्थागत सुत्केरीयुक्त गाउँपालिका बन्ने तयारीमा

पाल्पा । पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउने उद्देश्यले गाउँपालिकाले ३ वटा वडालाई पूर्ण सस्थागत सुत्केरी घोषणा गरिसकेको छ ।  

यसैबिच पूर्वखोला गाउँपालिका वडा नम्बर ६ हेक्लाङ्ग स्वास्थ्य चौकीलाई मंगलबार पूर्ण सस्थागत सुत्केरी घोषण गर्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिका भित्रका नागरिकलाई स्वास्थ्य र शिक्षाका लागि पहिलो प्राथमिकता बनाएरै यो कार्यक्रम सुरुवात गरेको बताए । उनले तिनवडा वडालाई घोषणा गरिएको रअब छिट्टै बाकी रहेका वडाहरुलाई पनि घोषणा गर्ने तयारीमा आफूहरु जुटेको बताए । हेक्लाङ्ग, रिङ्नेरह र वीरकोट गरि तिनवटा वडा यसअघि नै पूर्ण संसथागत सुत्केरी हुने वडा घोषणा भएका थिए । 

कार्यक्रममा गाउँपालिकाका सुचना अधिकृत तथा स्वास्थ्य उपसंयोजक मोहन ढकालले गाउँपालिकाले पालिका भित्रका नागरिकलाई स्वास्थ्य सेवा विस्तारका लागि घुम्ती शिविर, घरदैलौ कार्यक्रम संगै जेष्ठ नागरिकका लागि घरमै गएर समेत सेवा दिदै आएको बताए । 

हेक्लाङ्ग स्वास्थ्य चौकीमा यसवर्ष ४९ जाना महिला सुत्केरी भएका छन भने ११ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएको स्वास्थ्य चौकी प्रमुख अमृत विक्रम श्रेष्ठले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर