• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्तमा परेका छन् । इरान, अफगानिस्तान र अन्य विश्वव्यापी चुनौतीहरुका बारेमा मतभेद रहेपछि राष्ट्रपति ट्रम्पले बोल्टनलाई बर्खास्त गरेका हुन । बोल्टनले ट्रम्पको परराष्ट्र नीतिप्रति असहमति जनाएका थिए । 

बोल्टनले सन् १०१८ को अप्रिलबाट ट्रम्प प्रशासनको सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्र संघको महासभा शुरु हुनु एक हप्ता अघि मात्र सुरक्षा सल्लाहकार बोल्टनको राजीनामा आएकाले विश्व मञ्चमा ट्रम्पले आफ्ठेरोका सामना गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्ला दिनहरुमा बोल्टन र विदेश सचिव माइक पोम्पेओबीच राष्ट्रपति ट्रम्पको चाहना अनुसार विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग कसरी वार्ता गराउने भन्ने बारेमा तनाव बढेको थियो ।

इरनी राष्ट्रपतिसँग गर्ने भनिएको वार्ताका लागि सहजिकरण नगरेको आरोपमा ट्रम्ले बोल्टनलाई बर्खास्त गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर