• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 09:53 am

काबुलस्थित अमेरिकी दूतावासनजिक विस्फोट

काबुल । अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डल्बुटिसी) मा ११ सेप्टेम्बरमा भएको हमलाको १८औं वर्षका दिन अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासको नजिक बुधबार ठूलो विस्फोट भएको छ । अहिलेसम्म कुनै संगठनले विस्फोटको जिम्मा लिएको छैन । 

प्रत्यक्षदर्शीका अनुसार विस्फोट भएको ठाउँमा धूवाँ उडिरहेको देखिएको छ । समाचार संस्था सिन्हवाका अनुसार यो एक किसिमको रकेट ब्लास्ट हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तालिबानीसँगको शान्ति वार्ता रद्द गरिएपछि यो घटना भएको हो । यो वार्ता ८ सेप्टेम्बरमा कैम्प डेविडमा हुने भनिएको थियो । काबुलमा ५ सेप्टेम्बरमा भएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको ज्यान गएपछि ट्रम्पले शान्तिवार्ता रद्द गरेका थिए । 

यसअघि अफगानिस्तानको म्याडन वर्दक प्रान्तमा अमेरिकी एयरस्ट्राइकमा ७ नागरिकको मृत्यु भएको थियो । यो हमला आइतबार भएको थियो । अफगानिस्तानको समाचार संस्थाका अनुसार प्रान्तवासीले सरकारसँग घटनाको जाँच गर्न अपिल गरेका छन् । 

अमेरिकाको वल्र्ड ट्रेड टावर तथा पेन्टागनमा भएको हमलामा दुई हजार नौ सय ८३ जनाको ज्यान गएको थियो । यसमा अल–कायदाका प्रमुख ओसामा बिन लादेनका हात रहेको बताइएको छ । अमेरिकाले सन् २०११ को मे महिनामा लादेनको हत्या गरेको थियो ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इटालीमा कोरोना ( कोभिड–१९) बाट ४०० जना संक्रमित

  • १५ फाल्गुण, २०७६

एजेन्सी । इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणले थप संक्रामक रुप लिँदै गएको छ । युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ बाट संक्रमितको

अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीको गोली प्रहारबाट पाँच जनाको मृत्यु

  • १५ फाल्गुण, २०७६

एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

मलेसियाको प्रधानमन्त्रीमा अन्वर प्रस्तावित

  • १४ फाल्गुण, २०७६

काठमाडौं । मलेसियाका नेता अन्वर इब्राहिमलाई पाकतन हरपन गठबन्धनले प्रधानमन्त्रीको उम्मेद्वारका लागि प्रस्तावित गरेको छ । अन्वरको पार्टी पिपुल्स