• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 01:20 pm

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

राष्ट्रपति भवन, शीतलनिवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरु क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मनसुन अझै एक साता लम्बिने

  • ६ असोज, २०७६

काठमाडौं । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम

पोसाक भत्ता दिने महानगरको निर्णयमा अदालतले खोज्यो कारण

  • ६ असोज, २०७६

विराटगनर । उच्च अदालत विराटगनरले जनप्रतिनिधिलाई पोसाक भत्ता वितरण गर्नुपर्ने कारण माग गर्दै छलफलमा बोलाएको छ ।  उच्च अदालत विराटगरका कायममुकायम

चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज नेपाल आउने

  • ६ असोज, २०७६

काठमाडौं । चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज १२ः२५ बजे काठमाडौं आइपुग्ने भएका छन् ।  उनी चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारधारा